Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

गठबन्धनको बैठक बसेर ललिता निवास प्रकरणको निर्णय हुनसक्दैन : गगन थापा

झापा । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले ललिता निवास प्रकरणमा गठबन्धन बैठकले पूर्वप्रधानमन्त्रीको बयान रोक्न खोजेको भन्दै आपत्ति जनाएका छन् ।

झापा शिवसताक्षीमा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले ललिता निवासप्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र बाबुराम भट्टराईको बयान नलिने प्रपञ्च भएको भन्दै आपत्ति जनाएका हुन् ।

महामन्त्री थापाले भने,‘हामीले सुन्यौं, गठबन्धनका नेताहरू बैठक बस्नुभयो। यो बैठकमा ललिता निवास जग्गा प्रकरणका सन्दर्भमा अनुसन्धान गर्नुपर्छ भनेर बयान लिन तयार गरिएका केही नेताहरूको बयान नलिने निर्णय भयो रे भन्ने कुरा पढ्यौं । के गठबन्धन नेताहरू बसेर यो विषयमा छलफल वा निर्णय लिन पाउनुहुन्छ?’

राज्यका निकायले गरिरहेको अनुसन्धान रोक्ने निर्णय गर्ने अधिकार गठबन्धनसँग नभएको महामन्त्री थापाको भनाई छ। बैठक हुनुअघि र पछि व्यक्त विचारमा फरक(फरक भाषा देखिने गरेको उनले बताए ।

सर्वोच्च अदालतको आदेशपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पूर्वप्रधानमन्त्रीद्वयसँग बयानको तयारी गरेको थियो । तर, साउन २९ गते बसेको सत्ता गठबन्धनको बैठकले अदालतको सक्रियताप्रति प्रश्न उठाउँदै मन्त्रिपरिषद्को निर्णयमा बयान नलिने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077