Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

भारतले लगायो प्याजमा ४० प्रतिशत निर्यात कर

काठमाडौं । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ ।

सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो।

यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ। मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको हो ।

कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ ।

विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ । निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077