Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतले लगायो प्याजमा ४० प्रतिशत निर्यात कर

    भारतले लगायो प्याजमा ४० प्रतिशत निर्यात कर

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 912
    SHARES

    काठमाडौं । भारतले प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको छ ।

    सेन्ट्रल बोर्ड अफ इनडाइरेक्ट ट्याक्स एण्ड कस्टमले शनिबार प्याजमा ४० प्रतिशत भन्सार शुल्क लगाएको हो।



    यो कर २१ डिसेम्बर २०२३ सम्म लागु हुने भएको छ। मूल्य वृद्धिबाट आफ्ना जनतालाई राहत दिन भारतीय सरकारले यस्तो निर्णय गरेको हो ।



    कर लगाइएपछि निर्यातमा कमी आउने र आन्तरिक आपूर्तिमा सुधार भई मूल्यवृद्धि नियन्त्रण हुने मन्त्रालयको दाबी छ ।

    विश्वमा भारतले सबैभन्दा धेरै प्याज निर्यात गर्दै आएको छ । निर्यात करले भारतीय प्याजमा निर्भर नेपालसहितका मुलुकमा मूल्य बढ्ने अनुमान गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार