Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी अन्तरिक्ष यान 'लुना-२५' चन्द्रमामा दुर्घटना

एजेन्सी । रुसको अन्तरिक्ष यान लुना-२५ दुर्घटनामा परेको छ । चन्द्रमाको परिक्रमा गर्ने क्रममा अनियन्त्रित भएर यो अन्तरिक्ष यान दुर्घटना भएको हो ।

योसँगै झण्डै ५० वर्षपछि अगाडि बढेको रुसको चन्द्रमा मिसन फेल भएको छ ।उक्त मानवरहित यानलाई सोमवार अवतरण गराउने तयारी थियो ।

अवतरण गर्नुअघिको कक्षमा पुगेपछि यानमा समस्या देखिएको थियो । सन् १९७६ यता रुसको यो पहिलो चन्द्रमा मिसन थियो ।

चन्द्रमाको दक्षिणी ध्रुवमा अहिलेसम्म कुनै पनि मुलुकले यान अवतरण गराउन सकेका छैनन् । भारतको चन्द्रयान-३ पनि दक्षिणी ध्रुवमा अवतरण गर्न प्रयासरत छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077