Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीका पाँच एआईजीको सरुवा, उपत्यकामा थापा [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी)हरुको सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागले आज एक सूचना सार्वजनिक गर्दै पाँचजना एआईजीको सरुवा गरेको जनाएको हो ।

मानवश्रोत विकास विभागले मन्त्रिपरिषद्को २०८०/०४/३० गतेको निर्णयानुसार जनपद प्रहरी समूह तर्फका पाँचजना एआईजीको सरुवा गरेको जनाएको छ ।

काठमाडौं  उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख श्यामलाल ज्ञवालीलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरिएको छ। उनको स्थानमा प्रशासनका दीपक थापालाई ल्याइएको छ।

उपत्यका प्रहरी प्रमुखमा प्रशासन विभागमा मिरा चौधरीको सरुवा भएको छ। चौधरी कार्य विभागमा कार्यरत थिइन्। मिराको ठाउँमा ज्ञवालीलाई पठाइएको छ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी टेकप्रसाद राईको मानवस्रोत विभागमा सरुवा भएको छ। मानवस्रोतका प्रमुख सन्दीप भण्डारी राईको स्थानमा पठाइएका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077