Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक स्थगित

काठमाडौं । आज बोलाइएको चार दलीय समाजवादी मोर्चाको बैठक स्थगित भएको छ ।

आइतबारका लागि बोलाएको बैठक सोमबार बिहान साढे सात बजे बस्नेगरी स्थगित भएको हो ।

यसअघि मोर्चाको बैठक आइतबार साँझ ६ बजे नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बस्ने तय भएको थियो ।

मोर्चाको अब बस्ने बैठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने बताइएको छ ।

आलोपालो प्रणाली अनुसार मोर्चाको बैठक अहिले नेता माधवकुमार नेपालको अध्यक्षतामा बस्दै आएको छ ।

मोर्चामा सत्तारुढ माओवादी केन्द्र, जनता समाजवादी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077