Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपतिले बोलाए सर्वदलीय बैठक, सदनको अवरोध खुलाउनेबारे छलफल हुने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन् ।

मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ । पौडेलले संसद्को गतिरोधप्रति सुरुदेखि नै चासो राख्दै आएका छन् ।

यसअघि पनि उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कुराकानी गरेका थिए ।

सदनको अवरोध खुलाउनेलगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आह्वान गरेको आज सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077