Online Nepal
  • सोमबार, १९ साउन २०८२
  • बाढीले पुरिएको डेढ करोड रुपैयाँ एक हप्तापछि सुरक्षित भेटियो

    बाढीले पुरिएको डेढ करोड रुपैयाँ एक हप्तापछि सुरक्षित भेटियो

    अनलाइन नेपाल
  • आइतबार, ३ भाद्र २०८०
  • 3K
    SHARES

    मुस्ताङ । मुस्ताङको कागबेनीमा बाढीले पुरिएको डेढ करोड रुपैयाँभन्दा बढी रकम फेला परेको छ ।

    आइतबार स्थानीयवासी, सुरक्षाकर्मी र बैंकका कर्मचारीद्वारा भग्नावशेष उत्खनन् गर्ने क्रममा उक्त रकम भेटिएको हो ।



    बाढीले पुरिएको बैंकको भवन खोतल्दा प्रभु बैंकको ५१ लाख ६२ हजार दुई सय २६ र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको पनि एक करोड पाँच लाख ३२ हजार नौ सय ६४ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडलले जानकारी दिए ।

    बाढीले प्रभु बैंकको भवननै बगाएको थियो भने नेपाल इन्भेस्टमेन्ट मेगा बैंक भएको घर दुई तलासम्म बाढीसँगै आएको लेदोले भरिएको थियो । एक सातापछि आज फेला परेको रकम सुरक्षित नै रहेको प्रहरी नायब उपरीक्षक पौडेलले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार