Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

तस्करबाट बरामद ६० किलो सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट

काठमाडौं । हङकङ हुँदै नेपालमा भित्र्याएको ब्रेक शूबाट बरामद गरिएको सुनको गुणस्तर सबैभन्दा उत्कृष्ट रहेको पुष्टि भएको छ ।

नेपाल राष्ट्र बैंक टक्सार महाशाखाले गुणस्तर परीक्षण गर्दा उक्त सुन ‘९९९’ प्रतिशत शुद्ध रहेको पुष्टि भएको हो ।

सामान्यतया बजारमा २२ क्यारेट र २४ क्यारेट भनेर सुनको गुणस्तर वर्गीकरण गर्ने गरिन्छ । तर, राष्ट्र बैंकले नम्बरका आधारमा सुनको गुणस्तर हेर्ने गर्छ । जसअनुसार ‘९९९’ भनेको सबैभन्दा उच्च गुणस्तरको सुन हो ।

तस्करबाट बरामद भएको सुन गत साता टक्सार महाशाखाले गालेको थियो । ब्रेक शूबाट निकाल्दा सुनको परिमाण ६० किलो ७८९ ग्राम कायम भएकोमा त्यसलाई गाल्दा घटेर ६० किलो ७१६ ग्राम कायम भएको छ ।

हङकङ हुँदै साउन २ गते नेपाल भित्र्याएको सुन राजस्वको टोलीले सिनामंगल पुगेपछि बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077