Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बोरामा राखी भारत लैजाँदै गरिएका बालबालिकाको उद्धार

बारा । बारामा नेपाली दुई बालबालिकालाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेका एक युवक पक्राउ परेका छन् ।

सिमावर्ती गाउँपालिका देवतालबाट सशस्त्र प्रहरीले भारतको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत वडा नं ४ आदापुरका २२ वर्षीय तबरेज आलमलाई पक्राउ गरेको हो ।

उनले देवताल गाउँपालिका-३ अमवा गाउँका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द्र महतोका २ वर्षीय छोरालाई भारततर्फ लैजान लागेका थिए ।

उनीहरुको आइतबार उद्धार गरी नेपाल प्रहरीलाई जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ । बोरामा राखी भारततर्फ लैजाने क्रममा बच्चाहरु रोएको आवाज सुनेपछि उद्धार गरिएको थियो । आलममाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077