Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको बैठक आज बस्दै

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दैछ । आइतबार बस्ने भनिएको बैठक एकीकृत समाजवादी पार्टीको पोलिटब्युरो बैठक चलिरहेकोले सोमबार बिहान ७ः३० बजेसम्मका लागि स्थगित गरिएको थियो ।

आजको बैठक एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने छ।

आज बस्ने बैठकमा सदनको गतिरोध, सातै प्रदेशमा मोर्चाले गर्ने भनिएको कार्यक्रमलगायतका विषयमा छलफल हुने बताइएको छ । मोर्चाको संयोजक एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रहेका छन् ।

मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077