Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

ओली हठले संसद् नै बन्धक, एमालेकै नेताहरू विरोधमा

काठमाडौं । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन हुनुपर्ने माग राख्दै प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले संसद् अवरुद्ध गर्दै आएको छ । १० साउनदेखि संसद् अवरुद्ध गरिरहेको एमाले उच्चस्तरीय आयोग गठन नभएसम्म अवरोध जारी राख्ने अडानमा छ ।

एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली यसबीचमा धेरै बैठकमा सहभागी भएका छन् । उनले हरेक बैठकमा संसद् अवरोधसम्बन्धी आफ्नो अडान राख्दै आएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’देखि सभामुख देवराज घिमिरेले यसबिचमा विभिन्न समयमा आयोजना गरेको बैठकमा ओलीले अवरोध खुलाउन मानेका छैनन् ।

प्रधानमन्त्री र सभामुखले यसबिचमा धेरैपटक बैठक एवं छलफल गर्दै अवरुद्ध संसद् खुलाउन मनाउने प्रयास जारी नै राखेका छन् । तर, ओली टसका मस भएका छैनन् ।

आफूहरूको माग सम्बोधन नभएसम्म जारी संसद् अवरोध कायम नै राख्न एमाले सांसदलाई उनले निर्देशन दिएका छन् । जसको चौतर्फी आलोचनासमेत भइरहेको छ । एमालेबाहेकका प्रायः सबै दलले एमालेको संसद् अवरोधको आलोचना गरिरहेका छन् । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077