Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सातै प्रदेशमा सभा गर्ने समाजवादी मोर्चाको निर्णय

काठमाडौं । समाजवादी मोर्चाले सातै प्रदेशमा संयुक्त सभा गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय तिनकुनेमा बसेको समाजवादी मोर्चाको बैठकले सातै प्रदेशमा प्रदेशस्तरमा सभा गर्ने मिति तय गरेको हो ।

बैठकले ८ मधेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा, २५ गते कोसीको विरानगरमा सन्देश सभाको आयोजना हुने भएको छ। उक्त दिन नै मोर्चा प्रदेश मोर्चा गठन हुने भएको छ। प्रदेशमा पनि छुट्टाछुट्टै संयोजक तोकिनेछ।

मोर्चामा सरकारमा रहेका नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077