Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

प्रदेशस्तरमा पनि आफ्नो संगठन विस्तार गर्दै समाजवादी मोर्चा

काठमाडौं । समाजवादी मोर्चाले प्रदेशस्तरमा पनि आफ्नो संगठन विस्तार गर्ने भएको छ ।

आज बिहान बसेको मोर्चाको बैठकले सातै प्रदेशमा सन्देश सभा आयोजना गर्ने र त्यस क्रममा प्रदेशस्तरीय मोर्चा पनि गठन गर्ने निर्णय गरेको हो ।

बैठकले ८ मधेशको वीरगञ्जमा, १२ गते लुम्बिनीको बुटवलमा, १३ गते सुदूरपश्चिमको धनगढीमा, १४ कर्णालीको सुर्खेतमा, १५ गते गण्डकीको पोखरामा, २३ गते बागमतीको हेटौंडामा, २५ गते कोसीको विरानगरमा सन्देश सभाको आयोजना हुने भएको छ।

समाजवादी मोर्चामा सरकारको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसहित जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077