Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै एक जनाको मृत्यु

बागलुङ । बागलुङमा आइतबार राती मोटरसाइकल दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

नरेठाँटीबाट हटिया बजार आउँदै गरेको ग ८ प १२२५ नम्बरको मोटरसाइकल आइतबार राती गलकोट नगरपालिका–३ हटियाको बतासेडाँडामा दुर्घटना हुँदा हटिया बजारका २८ वर्षीय गणेश परियारको घटनास्थलमै मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गलकोटका अनुसार मृतक परियार हटिया बजारस्थित गलकोट मोटरसाइकल रिपेरिङ सेन्टरका सञ्चालक हुन् ।

परियारको शव पोष्टमार्टमको लागि गलकोट नगर अस्पतालको शव गृहमा लगिएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077