Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मुस्ताङको कागखोलामा बाढी आउँदा सडकमा क्षति

मुस्ताङ । मुस्ताङको कागखोलामा फेरि बाढी आएको छ ।

मुस्ताङ, वारागुङ गाउँपालिकाको माथिल्लो भेगमा पानी पर्दा कागखोलाको सहायक झोङ र मुक्तिनाथबाट बगेर आउने खोलामा बाढी आएको हो ।

प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आइतबार राति पानी पर्दा कागखोलामा मिसिने माथिका दुई (झोङ र मुक्तिनाथ) खोलामा बाढी आएको थियो ।

बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुर्‍याएको छ । मुक्ति क्षेत्र र झोङमा मध्यम वर्षा भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077