Online Nepal
  • शुक्रबार, ९ साउन २०८२
  • मुस्ताङको कागखोलामा बाढी आउँदा सडकमा क्षति

    मुस्ताङको कागखोलामा बाढी आउँदा सडकमा क्षति

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 840
    SHARES

    मुस्ताङ । मुस्ताङको कागखोलामा फेरि बाढी आएको छ ।

    मुस्ताङ, वारागुङ गाउँपालिकाको माथिल्लो भेगमा पानी पर्दा कागखोलाको सहायक झोङ र मुक्तिनाथबाट बगेर आउने खोलामा बाढी आएको हो ।



    प्रमुख जिल्ला अधिकारी अनुप केसीका अनुसार आइतबार राति पानी पर्दा कागखोलामा मिसिने माथिका दुई (झोङ र मुक्तिनाथ) खोलामा बाढी आएको थियो ।

    बाढीले उपल्लो मुस्ताङ जोड्ने सडकमा क्षति पुर्‍याएको छ । मुक्ति क्षेत्र र झोङमा मध्यम वर्षा भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार