Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • इन्स्पेक्टर दिपक मल्लले सम्हाले कैलाली ट्राफिकको कमाण्ड, जोहारीको विदाइ !

    इन्स्पेक्टर दिपक मल्लले सम्हाले कैलाली ट्राफिकको कमाण्ड, जोहारीको विदाइ !

    अनलाइन नेपाल
  • सोमबार, ४ भाद्र २०८०
  • 11.8K
    SHARES

    कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको कमाण्ड प्रहरी निरीक्षक दिपक मल्लले सम्हालेका छन् । इन्स्पेक्टर मल्लले सोमबारदेखि कैलाली ट्राफिकको जिम्मेवारी सम्हालेका हुन् ।

    कार्यालयमा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको सरुवा भएपछि उनको स्थानमा इन्स्पेक्टर मल्ल आएका हुन् । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत थिए ।



    यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक जोहारीको पनि विदाइ गरिएको छ ।

    सोमबार एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय कमलबजार अछाम सरुवा भई जान लागेका जोहारीलाई मायाको चिनोसहित विदाइ गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार