Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इन्स्पेक्टर दिपक मल्लले सम्हाले कैलाली ट्राफिकको कमाण्ड, जोहारीको विदाइ !

कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको कमाण्ड प्रहरी निरीक्षक दिपक मल्लले सम्हालेका छन् । इन्स्पेक्टर मल्लले सोमबारदेखि कैलाली ट्राफिकको जिम्मेवारी सम्हालेका हुन् ।

कार्यालयमा कार्यरत प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको सरुवा भएपछि उनको स्थानमा इन्स्पेक्टर मल्ल आएका हुन् । मल्ल यसअघि जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत थिए ।

यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक जोहारीको पनि विदाइ गरिएको छ ।

सोमबार एक कार्यक्रमबीच ईलाका प्रहरी कार्यालय कमलबजार अछाम सरुवा भई जान लागेका जोहारीलाई मायाको चिनोसहित विदाइ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077