Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमालेले भन्यो - गठबन्धनले संविधानको धज्जी उडायो, मुख्यमन्त्रीविरुद्ध सर्वोच्च जान्छौं

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाविरुद्ध नेकपा एमाले फेरि अदालत जाने भएको छ । सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक भएको ठहर गर्दै एमाले अदालत जाने भएको हो ।

प्रदेशसभाको अध्यक्षता गरेका इस्त्राइल मन्सुरीको समेत मत लिएर मुख्यमन्त्री थापाले सोमबार विश्वासको मत पाएका छन् । तर एमालेले सभामुखको मतसमेत जोडेर विश्वासको मत लिनु असंवैधानिक ठहर गरेको छ ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले विश्वासको मत लिने नाममा संविधान, कानुन र संसदीय मूल्य मान्यताको हुर्मत लिने काम भएको बताए ।

सत्तारुढ गठबन्धनबाट संविधानको धज्जी उडाउने काम भएको पूर्व मुख्यमन्त्री एवं एमाले संसदीय दलका नेता हिक्मत कार्कीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077