Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अपहरण गरि कुटपिट गरेको आरोपमा सातजना पक्राउ

दाङ । दाङमा अपहरण गरी कुटपिट गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका—१३ का एक पुरुषलाई अपहरण गरी कुटपिट गरेको अभियोगमा सोमबार प्रहरीले सात जनालाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पक्राउ पर्नेहरूमा जिल्लाको घोराही उपमहानगरपालिका—१९ का २४ वर्षीय हीरा सुनार, २३ वर्षीय जीवन सुनार, ३४ वर्षीय खिमबहादुर घर्ती, २० वर्षीय मनोज घर्तीमगर, ३२ वर्षीय दीपक सुनार र घोराही १३ का २ युवकसहित ७ जना रहेका छन् ।

आइतबार राति करिब साढे १० बजेतिर घोराही १३ सेवार सप्तरगी टोलस्थित सर्मता डाँगीको घरमा कोठा भाडामा बस्ने ४१ वर्षीय जितबहादुर बिकलाई उनीहरुले जबरजस्ती अपरहरण गरेर कुटपिट गरेका थिए ।

उनीहरूविरुद्ध ‘अपहरण शरीर बन्धक तथा ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट ५ दिन म्याद लिई थप अनुसन्धान भइरहेको दाङ प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077