Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन काण्डको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने सहमति

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले बोलाएको सर्वदलीय बैठकमा सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएको छ ।

सोमबार राति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकमा सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेमा सहमति जुटेको हो ।

सुन तस्करीको विषयलाई लिएर उच्चस्तरीय छानबिन समिति बनउने कुरामा सत्ता पक्षले सहमति जनाएको र आजसम्म आफ्नो आजकै प्रतिबद्धता अडिए संसद् चल्ने प्रमुख प्रतिपक्ष दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।

उनका अनुसार उच्चस्तरीय समिति कस्तो बनाउने भन्ने विषयको टुंगो लगाउन सुवास नेम्वाङ, हीतराज पाण्डे र रमेश लेखकको तीन सदस्यीय समिति बनाइएको छ । सर्वदलीय बैठक आज बिहान ११ बजे फेरि बस्ने तय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077