Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

किचलोको पर्याय कोशी

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पाएको विश्वासको मत विवादमा परेको छ । थापाले सोमबारको प्रदेशसभा बैठकमा विश्वासको मत लिन राखेको प्रस्तावको पक्षमा ४७ र विपक्षमा ३० मत परेको सभामुखको भूमिका निर्वाह गरेका नेपाली कांग्रेसका सांसद इस्रायल मन्सुरीले घोषणा गरेका थिए।

बैठकको अध्यक्षता गरेका मन्सुरीले समेतले पक्षमा विश्वासको मत दिएका थिए। मन्सुरीलाई समेत मतदान गर्न लगाइएपछि विपक्षी दलका सांसदहरूले बैठकमै नाराबाजी गरेका थिए। विपक्षी सांसदहरूको नाराबाजीकै बीचमा सभामुख मन्सुरीले मत परिणाम सार्वजनिक गरेका थिए।

उपसभामुख सिर्जना दनुवार प्रदेशसभामा उपस्थित नभई काठमाडौं लागेपछि नेपाली कांग्रेसका सांसद तथा अध्यक्ष मण्डलका सदस्य मन्सुरीले प्रदेशसभा सञ्चालन गरेका थिए।

बिरामीको बहानामा उपसभामुख दनुवारलाई काठमाडौं पठाएको आरोप प्रतिपक्षी दल एमालेलाई लगाइएको छ। सत्तारूढ गठबन्धनलाई ४७ मत मात्रै रहेका कारण सो संख्या पुर्‍याउन सभाध्यक्ष मन्सुरीलाई समेत मतदान गर्न लगाइएको थियो। सभामुखको भूमिकामा रहेका मन्सुरीले अध्यक्ष मण्डलकी सदस्य गीता तिम्सिनालाई सभाध्यक्ष बस्न लगाएर मतदान गरेका थिए।

सभामुखको भूमिका निर्वाह गरिरहेका मन्सुरीले मुख्यमन्त्रीको पक्षमा मतदान गरेपछि प्रदेशसभा केहीबेर अशान्त बनेको थियो। एमालेका सांसदहरूले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेका थिए। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077