Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

सुन तस्करी प्रकरण : उच्चस्तरीय समितिको कार्यादेश र संरचनाबारे आज टुंगो लाग्ने

काठमाडौं । सुन प्रकरणबारे छानबिन गर्न बनाइने समितिको कार्यादेश र त्यसको संरचना मंगलबार टुंगो लगाइँदै छ । उच्चस्तरीय समितिको कार्यादेश, निर्देशित सर्त र त्यसको संरचनाको मस्यौदा आज तयार पार्न लागिएको हो ।

सोमबार राति सिंहदरबारमा राष्ट्रिय मान्यता प्राप्त दलबीच सुन प्रकरणबारे छानबिन गर्न उच्चस्तरीय समिति बनाउने निर्णय भएको थियो।

उच्चस्तरीय समितिका लागि निर्देशित सर्तहरू तयार पार्न नेपाली कांग्रेसका नेता रमेश लेखक, नेकपा एमाले नेता सुवास नेम्वाङ र माओवादी नेता हितराज पाण्डे रहेको कार्यदल बनाउने सहमति भएको थियो ।

कार्यदलले मंगलबार बिहान ११ बजेसम्म समितिको मस्यौदा तयार पार्नेछ। यसलाई अन्तिम रूप दिन मंगलबारै दिउँसो २ बजे शीर्ष नेताहरूको बैठक फेरि बस्नेछ।

नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेर संघीय संसद्‌का दुवै सदनमा अवरोध गर्दै आएको छ । एमालेको अवरोधका कारण साउन १० गते यता प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठक नियमित कार्यसूचीमा प्रवेश गर्न पाएका छैनन्।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077