Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

एजेण्डामा प्रवेश नै नगरी शीर्ष नेताहरूको बैठक स्थगित

काठमाडौं । सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सहमत भएका शीर्ष दलका नेताहरुको बैठक आज नबस्ने भएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सिंहदरबारमा बस्ने भनिएको शीर्ष नेताको बैठक एजेण्डामै प्रवेश नगरी स्थगित भएको हो ।

एमाले प्रमुख सचेतक पदम गिरीले अध्यक्ष ओलीको अस्वस्थताका बाबजुद पनि आफू आउनै पर्ने आउने बताएपनि प्रधानमन्त्री र सभामुख प्रधानन्यायाधीशको शपथमा सहभागी हुन जानुपर्ने भएकाले बैठक बस्न नसकेको बताए ।

सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा मंगलबार दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुंग्याउने तयारी थियो ।

तर मंगलबार समय अभावका कारण शीर्ष नेताहरूको बैठक नबस्ने अवस्था बनेको नेताहरुले बताए । उच्चस्तरीय आयोग गठनको विषयमा दलहरूबीच सहमति नभएपछि अब प्रतिनिधिसभाको मंगलबारको बैठक पनि स्थगित हुने भएको छ ।

सोमबारको सहमतिबमोजिम एमाले उपाध्यक्ष सुवास नेम्वाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उच्चस्तरीय आयोगको मस्यौदासमेत तयार गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077