Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शीर्ष नेताहरुको बैठकमा साक्षी बस्दा बदनामी मात्रै भयो : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु नै बदनाम हुनु मात्रै भएको बताएका छन् ।

उच्चस्तरीय समिति गठनलाई अन्तिम रुप दिने दाबी गरिएको बैठक मंगलवार नबसेपछि सभापति लामिछानेले यस्तो बताएका हुन् ।

सभापति लामिछानेले भने, ‘शीर्ष नेताहरुको बैठकको साक्षी बस्नु भनेकै बदनाम हुनु हो । यसको खासै अर्थ हुँदैन । सम्भवतः अब हामी उहाँहरुलाई नै टुंग्याउन दिन्छौं । यो सामान्य कुरालाई पनि लम्ब्याउन मलाई यो साक्षी बस्नुको कुनै अर्थ छैन । शीर्ष नेताको बैठकको साक्षी बस्नु बदनाम मात्रै हुनु हो ।’

आज समितिको विषयलाई टुंग्याएर संसद चलाउने तयारी थियो । तर, प्रधानन्यायाधीशको शपथ र एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्थालाई देखाएर बैठक सारेपछि रविले असन्तुष्टि जनाए ।

सोमवार मध्यराति संसद्‌मा प्रतिनिधित्व गर्ने दलको बैठकले सुन काण्डसहितका विषयमा अध्ययन गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको थियो । तर कार्यदलले ड्राफ्ट बनाएर बुझाए पनि मुख्य दलको बैठक मंगलवार नबसेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077