Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

१७ अङ्कले बढ्यो नेप्से, एक अर्ब ३३ करोडको कारोबार

काठमाडौं । मंगलबार शेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । साताको पहिलो दिनबाटै गिरावट हुँदै आएको शेयर बजार आज १७.६९ अंकले बढेर २०१५.९८ बिन्दुमा कायम भएको हो ।

विभिन्न दुई सय ७७ कम्पनीका ६० लाख ३१ हजार तीन सय ५६ कित्ता शेयर ३४ हजार पाँच सय आठ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ३३ करोड २५ लाख ६४ हजार सात सय ६९ बराबरको कारोबार भएको छ ।

एक सय ८१ कम्पनीको शेयर मूल्य बढ्दा ४२ कम्पनीको शेयर मूल्य घटेको छ । नेप्से परिसूचकसँगै सबै उपसमूहको सूचक पनि हरियो देखिएका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह एक सय २२ दशमलव ४९ र उत्पादन तथा प्रशोधन समूह ८३ दशमलव ९१ अङ्कले बढेका छन् ।

बैंकिङ चार दशमलव ७६, विकास बैंक ४३ दशमलव १०, वित्त ३७ दशमलव ५८, होटल तथा पर्यटन ७० दशमलव ५८ र जलविद्युत् समूह ३४ दशमलव ३० अङ्कले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077