Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने तुफान पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय साइबर ब्यूरोले सामाजिक सञ्जालमा महिलाको चरित्र हत्या गर्ने एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीको भुमिकास्थान नगरपालिका-४ घर भई हाल जिल्ला ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्ने तुफान केसी रहेका छन्।

उनलाई सोमबार काठमाडौंबाट पक्राउ गरिएको हो । फेसबुक भिडिओ कलमा अश्लीलता प्रदर्शन र अपमानजनक शब्द प्रयोग गरी चरित्र हत्या गरिएको भन्दै पीडित महिलाले ब्युरोमा उजुरी दिएकी थिइन्।

पीडित महिलाको फेसबुकमा पोष्ट गरेका तस्बिरहरूमा समेत अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी कमेन्ट गरी चरित्र हत्या गरेपछि ब्युरोमा उजुरी परेको थियो।

उनलाई विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसूरमा मंगलबार काठमाडौंबाट पक्राउ गरी काठमाडौं जिल्ला अदालतको आदेशले सात दिनको म्याद थप भई आवश्यक अनुसन्धान कार्य भइरहेको साइबर ब्यूरोले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077