Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एमसीसी कार्यान्वयन हुन नदिने विप्लवको चेतावनी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी परियोजना एमसीसी कार्यान्वयन हुन नदिने भएको छ ।

महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै एमसीसी कार्यान्वयन हुन नदिने घोषणा गरेका हुन् । एमसीसी कार्यान्वयन गर्ने दिन नजिकिँदै जाँदा नेकपाले अवरोध जनाएको छ ।

एमसीसी परियोजना नेपालमा बसेर चीन घेर्ने अमेरिकी रणनीति भएको विज्ञप्तिमा उल्लेख छ ।

संसदले १२ बुँदे व्याख्यात्मक टिप्पणी गरेको स्मरण गर्दै नेकपाले एमसीसी कार्यान्वयन हुन कम्तिमा ती १२ बुँदा सच्याउनुपर्ने स्पष्ट देखिएको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077