Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उच्चस्तरीय समिति बनाउनेबारे शीर्ष नेतासहित सचेतकको छलफल सुरु

काठमाडौं । संसद् अवरोध हटाउने प्रयास स्वरुप शीर्ष नेतासहित सचेतकको छलफल सुरु भएको छ । केहीबेरअघि मन्त्रिपरिषद् बैठक बसिसकेपछी सिंहदरबारमा दलहरु छलफलमा जुटेका हुन् ।

छलफलमा प्रधानमन्त्री एवम् माओवादीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत दलका सचेतकहरू सहभागी छन् ।

यसअघि दलहरुको बैठकले उच्चस्तरीय समितिको कार्यप्रणाली र मापदण्ड बनाउन एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, कांग्रेस नेता रमेश लेखक र माओवादी सचेतक हितराज पाण्डेलाई तोकेको थियो।

मंगलबार बिहान तीन सदस्यीय कार्यदलको बैठकले उच्चस्तरीय समितिको टीओआरको ड्राफ्ट बनाएको थियो। हिजोका लागि तय भएको बैठक ओली बिरामी भएपछि आजका लागि सारिएको थियो । एमालेका अवरोधका कारण साउन १० गते यता सदन चल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077