Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

त्रिभुवन विमानस्थलबाट लागु औषधसहित दुईजना पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान होल्ड व्यागेज एरियाबाट लागू औषधसहित दुईजना पक्राउ परेका छन् । मंगलबार बेलुकी प्रहरीले चरेस जस्तो देखिने पदार्थ ११ केजी ७ सय ग्रामसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा लमजुङ दोर्दी गाउँपालिका ५ फोर्जुङका ३४ वर्षीय सुन्दर गुरूङ र लम्जुङ छैलुङका ४७ वर्षीय औता राम गुरूङ रहेका छन् ।

बाटिक एयरको उडानद्वारा मलेसिया हुँदै थाईल्यान्ड जान लागेका उनीहरूको लगेजभित्र फल्स बटम बनाई टेपले र्‍यापिङ गरिएको अवस्थामा सुन्दरको साथबाट ६ केजी र औता रामको साथबाट ५ केजी ७ सय ग्राम उक्त पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्‍वर पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077