Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    कोशी प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 402
    SHARES

    विराटनगर । कोशी प्रदेशसभाको आजको बैठक एमाले र राप्रपाको बहिष्कारका कारण स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमाले र राप्रपाका सांसदहरू उठेर विरोध जनाएपछि बैठक स्थगित भएको हो ।

    गत सोमबारको प्रदेश सभा बैठकको अध्यक्षता गरेका कांग्रेसका इस्त्राइल मन्सुरीले मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत दिएका थिए । सो प्रकरणको विरोध गर्दै विपक्षी दलहरु एमाले र राप्रपाले संसदीय परम्परा विपरीत भएको भन्दै बुधबारको बैठक बहिष्कार गरेका हुन् ।



    त्यसक्रममा प्रदेशसभामा बोल्दै एमालेका सांसद तिलकुमार मेन्याङ्बोले सभाध्यक्षको कुर्सीमा बसेर मुख्यमन्त्री उद्धव थापालाई संविधान विपरीत विश्वासको दिएको भन्दै विरोध जनाएका थिए । उनले सभाध्यक्षले अरु पनि गैर संवैधानिक कार्य गर्न सक्ने देखिएको भन्दै नाराबाजी सुरु गरेका थिए ।



    त्यसपछि एमाले र राप्रपाका सबै सांसदहरू बैठक छोडेर हिँडेपछि प्रदेशसभा बैठक स्थगित भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार