Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • योगेश भट्टराईको आरोप – अदालत, अख्तियार र सिआईबीलाई राजनीतिक दबाबमा राखियो

    योगेश भट्टराईको आरोप – अदालत, अख्तियार र सिआईबीलाई राजनीतिक दबाबमा राखियो

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 633
    SHARES

    काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले संसद अवरुद्ध एमालेले नभई सत्तापक्ष आफैंले गरेको बताएका छन् । बुधबारको संसद बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

    उनले एमालेलाई संसदको महत्व थाहा भएको भन्दै सत्तापक्षकै आग्रहमा पटक पटक सूचना टास गरेर बैठक स्थगित भएको स्मरण गराए ।



    यस्तै उनले भ्रष्टाचार प्रकरणमा छानविन गरिरहेका राज्यका निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाए ।



    दलहरूबीच उच्चस्तरीय छानविन आयोग बनाउने सहमतिको स्वागत गर्दै उनले भ्रष्टाचार प्रकरणमा अदालत, अख्तियार र सिआईबीलाई स्वतन्त्रतापूर्वक काम गर्न नदिएको आरोप लगाए । साथै उनले कोशी प्रदेशमा फेरि संविधानमाथि निर्घात आक्रमण भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार