Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दावाको कनेक्सन केही पूर्वआईजीपी र बहालवाला महानिर्देशकसँग पनि छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणमा पक्राउ परेका दावा लामाको कनेक्सन केही पूर्वप्रहरीका उच्चअधिकारीसँग रहेको दावी गरेका छन् ।

बुधबार संसद बैठकमा बोल्दै सभापति लामिछानेले केही पूर्वमहानिरीक्षकसँग दावाको सम्पर्क देखिएको सूचना प्रहरीले आफूलाई दिएको दावी गरेका हुन् ।

उनले सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले बताए । यसमा संलग्न केही विचौलियाहरूको जानकारी आफूलाई पनि भएको र यसको सूचना सम्बन्धित निकायलाई अवश्य पनि गराउने उनले बताए ।

‘यसको समाचार लुकाउनको निमित्त लामो समयदेखि पत्रकारिता गरिरहेका मानिससमेत संलग्न छन्। पूर्वप्रहरी प्रमुखहरूको पनि कुराकानी दावा लामासँग भएको कुरा सूचना प्राप्त भएको छ। म यसमा गृहमन्त्रीज्यू, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले संसद्समक्ष भने ।

तर उनले दावासँग सम्पर्कमा रहेका ती पूर्वप्रहरी महानिरीक्षकहरूको नाम भने खुलाउन चाहेनन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077