Jul 11 2026 | २०८३, आषाढ २७ गते

11 Jul 2026 | शनिवार, आषाढ २७ गते २०८३

शनिवार, आषाढ २७ गते २०८३
images
images

पहिलो महिनामै व्यापार घाटा १ खर्ब १५ अर्ब

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो महिनामा नै १ खर्ब १५ अर्ब २८ करोड ६ लाख ५६ हजारको व्यापार घाटा भएको छ । भन्सार विभागका अनुसार साउनमा १ खर्ब २९ अर्ब २३ करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात हुँदा निर्यात भने १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजारमा सीमित रहेको छ ।

व्यापार घाटा भए तापनि यो अघिल्ला वर्षभन्दा ७६ करोड ६० लाख ५० हजारले कम हो । गत साउनमा आयातबाट मात्र कुल ३२ अर्ब ३३ करोड ७३ लाख ३५ हजार रुपैयाँ राजस्व उठेको छ ।

भन्सार विभागका अनुसार गत वर्ष साउन महिनाको तुलनामा यो वर्षको सोही अवधिमा वस्तु तथा सेवा आयातमा कमी आएकाले व्यापार घाटा पनि कमी आएको हो । विभागले गत वर्षभन्दा १ दशमलव ५६ प्रतिशतले कम आयात भएको जनाएको छ ।

गत वर्षको साउनमा १ खर्ब ३१ अर्ब २८ करोड ६० लाख रुपैयाँको वस्तु आयात भएको थियो । गत साउनमा नेपालबाट अन्य देशमा हुने निर्यात ८ दशमलव ६५ प्रतिशतले घटेको पनि विभागले जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077