Online Nepal
  • आइतबार, ११ साउन २०८२
  • कांग्रेस महामन्त्रीलाई एमाले उपमहासचिवको चेतावनी – संवेदनशील विषयमा ठट्टा नगर्नू

    कांग्रेस महामन्त्रीलाई एमाले उपमहासचिवको चेतावनी – संवेदनशील विषयमा ठट्टा नगर्नू

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले उच्चस्तरीय जाँचबुझ आयोग गठनको सहमतिलाई ठट्टा नसम्झन चेतावनी दिएका छन् ।

    बिहीबार बिहान सामाजिक सञ्जालमार्फत उनले छानबिन आयोग बन्ने सहमतिलाई ठट्टा गर्दा महंगो पर्ने चेतावनी दिएका हुन् ।



    विश्वप्रकाश शर्माको नाम नलिई रिमालले सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले सहमति विपक्षलाई छक्याउने रंगिन टालो भन्दै बिल्ला हान्नुले साथीहरुको नियतमा खोट भएको टिप्पणी गरे ।

    विश्वप्रकाश शर्माको नाम नलिई रिमालले सहमति भएको मसी सुक्न नपाउँदै गठबन्धनकै प्रभावशाली नेताले ‘सहमति विपक्षलाई छक्याउने रंगिन टालो‘ भन्दै बिल्ला हान्नुले साथीहरुको नियतमा खोट भएको टिप्पणी गरे । सुन तस्करीको विषयमा छानबीन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गर्न बुधबार दलहरुबीच सहमति भएको थियो।

    बुधबार संसद बैठकबाट बाहिरिँदै गर्दा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सुन प्रकरणका लागि छानबिन गर्न बन्ने उच्चस्तरीय आयोग बनाउने कुरा प्रतिपक्षलाई विश्वासमा लिनका लागि बनाइएको रंगिन टालो भएको टिप्पणी गरेका थिए ।

    शर्माको भनाइप्रति रिमालले आपत्ति जनाएका हुन् । रिमालले बिजुली चुरोटको नाममा ल्याएको सुन पहिले छक्याउनु र लिलाम गरी ‘माल’किन्न प्रधानमन्त्रीको पार्टीका उपाध्यक्षको सहजीकरणमा परिवारका मानिस नै तम्सिएको र चुरोट त सुन पो रहेछ भन्ने सूचना लिक हुँदा नहुँदै सुन गायब पारिएको दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार