Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करीमा मुछिएका अध्यागमनका डीजीलाई पदबाट हटाइयो

काठमाडौं । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको  जिम्मेवारी खोसिएको छ।

सुन तस्करीमा जोडिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँगको सम्बन्धको विषय बाहिरिएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो ।

गृह मन्त्रालयले अधिकारीलाई अतिरिक्तमा राख्नेगरी बिहीवार मन्त्रालयमा तानेको बताइएको छ । सुन तस्करीमा उनको संलग्नताबारे अब उनीमाथि जगेडामा राखेर छानबिन हुने गृह मन्त्रालय स्रोतले बतायो ।

गत साउन २ गते अध्यागमन विभागबाट उम्किएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले विमानस्थलको गेट नजिकैबाट बरामद गरेको थियो।

सुन प्रकरणमा पक्राउ परेका दावा र अधिकारीबीच ह्वाट्समा पानी तान्ने मोटर लगायत सामग्रीको फोटोसमेत साटासाट भएको पाइएको छ ।

[insert page='243124' display='yopanipadhnuhos.php']

अधिकारी गृहमन्त्री नारायणकाजी श्रेष्ठका निकट व्यक्ति हुन् । अधिकारीले २०७९ साल फागुन १७ गतेदेखि अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077