Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सांसद थापाले भने- सरकार हरायो, खोजी पाऊँ

काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री र मन्त्रीहरूको उपस्थित नभएपछि खोजि दिन सभामुखसँग आग्रह गरेको छ।

संसदको आकस्मिक समयमा बोल्दै नेकपा एमालेका सांसद सूर्य थापाले सरकार हराएको भन्दै खोजिदिन सभामुख देवराज घिमिरेसँग आग्रह गरेका हुन्।

मन्त्रीहरु बेगर सदन अगाडि बढ्न नसक्ने भन्दै उनले भने, ‘सभामुख महोदय सरकारको खोजी गरिपाऊँ ।’

जारी प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री र एक जना पनि मन्त्री उपस्थित नभएपछि उनले आपत्ति जनाएका थिए।

एमाले सांसद थापाले आपत्ति जनाउँदै गर्दा सरकारकी प्रवक्तासमेत रहेकी सञ्चारमन्त्री रेखा शर्मा आइपुगेकी थिइन् । त्यसपछि सभामुखले कार्यसूचीअनुसार बैठक अघि बढ्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077