Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

३१ अंकले घट्यो शेयर बजार परिसूचक नेप्से

काठमाडौं । सेयर बजारमा साताको अन्तिम कारोबार दिन आज गिरावट आएको छ । बिहीबार सेयरबजार ३१.५२ अंकले घटेर २०१३.९३ बिन्दुमा कायम भएको छ ।

यसदिन बजारमा ४६ लाख ५७ हजार १३७ कित्ता सेयरको खरिदबिक्री हुदाँ १ अर्ब ५५ करोड ५ लाख ८२ हजार ६८५ रुपैयाँको कारोबार भएको छ ।

बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.९२ प्रतिशतले गिरावट हुँदा बुधबार सबैभन्दा धेरै बढेको हाइड्रोपावर उपसूचक बिहीबार २.५० प्रतिशतले गिरावट भएको छ ।

जीवन बीमा, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा पनि २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५५ करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077