Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रधानमन्त्रीलाई भीम रावलको व्यंग्य - सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्

काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'माथि व्यंग्य गरेका छन् । बिहीबार काठमाडौंमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।

उनले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् लगायतका कवितांशहरूबाट सरकारको व्यंग्य गरे ।

उनले भने, 'सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् । आफ्नै भाका लय र लहरले संगीत मीठो बनोस्, कति समृद्ध, सुसंस्कृत देश छ नेपाल संसार सधैँ भनोस् ।'

यस्तै उनले नेपालको संस्कृति भनेको देशको लागि मुटु कलेजो भएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077