Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्रीलाई भीम रावलको व्यंग्य – सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्

    प्रधानमन्त्रीलाई भीम रावलको व्यंग्य – सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्

    अनलाइन नेपाल
  • बिहिबार, ७ भाद्र २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता डा. भीम रावलले जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि व्यंग्य गरेका छन् । बिहीबार काठमाडौंमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो व्यंग्य गरेका हुन् ।

    उनले सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् लगायतका कवितांशहरूबाट सरकारको व्यंग्य गरे ।



    उनले भने, ‘सुनको भारी सुटुक्क नपसोस्, गुणकारी शासन बनोस्, जग्गा खाने शरणार्थी काण्डहरूले देशकै फजिति नहोस् । आफ्नै भाका लय र लहरले संगीत मीठो बनोस्, कति समृद्ध, सुसंस्कृत देश छ नेपाल संसार सधैँ भनोस् ।’



    यस्तै उनले नेपालको संस्कृति भनेको देशको लागि मुटु कलेजो भएको बताए ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार