Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला टी-ट्वान्टी आई सिरिज : नेपाल र मलेसिया खेल्दै

काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-ट्वान्टी आई सिरिजमा नेपालले आज घरेलु टोली मलेसियासँग खेल्दैछ ।

मलेसिया र नेपालबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १२ बजे मलेसियाको बायोमास ओभलमा सुरु हुनेछ ।

आईसीसी महिला टी-ट्वान्टी विश्वकप एसिया क्षेत्र छनोट अघि नेपाल, मलेसिया, हङकङ र कुवेतले चार देश सम्मिलित सिरिज खेलिरहेको छ ।

यसअघिका दुई खेलमा जित दर्ता गरेको नेपाल ४ अंकसहित फाइनल नजिक छ । नेपालले मलेसियालाई हराएमा ६ अंकका साथ अपराजित रहँदै फाइनल पुग्ने छ। नेपाल पराजित भएमा भने नेटरनरेटमा फाइनल पुग्ने टिमको तय हुने छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077