Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पाँच केजी चाँदी बोकेर नेपाल आउँदै गरेका भारतीय नागरिक सीमाबाट पक्राउ

सिरहा । सिरहा प्रहरीले करिब पाँच केजी चाँदीको गरगहनासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

जिल्लाको पूर्वीनाका नेपाल–भारत सीमाक्षेत्र भगवानपुर गाउँपालिका ४ ठाडी बसपार्कबाट ५ केजी चाँदीको गरगहनासहित भारतीय नागरिक प्रक्राउ परेका हुन् ।

भारतबाट नेपाल तर्फ आईरहेका पैदल यात्री जिल्ला मधुबनी बरहमपुरा ३ का ५२ वर्षिय विश्वनाथ साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विषेश सूचनाको आधारमा प्रहरीले चेकजाचँ गर्ने क्रममा कपडाको धोक्रोमाहाली नाइटोभन्दा मुनी कमरमा बाँधेको अवस्थामा पाँच लाख मूल्य बराबरको पाँच केजी चाँदीसहित साहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका भारतीय नागरिक साहलाई आवश्यक अनुसन्धानको लागि चाँदीसहित इलाका प्रहरी कार्यालय लहान पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077