Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सीआईबीले सर्वसाधारणलाई भन्यो - सुनसँग सम्बन्धित केही सूचना र प्रमाण भए पठाएर सहयोग गर्नू

काठमाडौं । गत साउन ३ गते बरामद भएको ६० किलो तस्करीको सुनबारे अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सर्वसाधारणलाई सुनसँग सम्बन्धित केही सूचना, तथ्य वा प्रमाण भए दिएर सहयोग गरिदिन अनुरोध गरेको छ ।

विभिन्न गिरोहले अबैध रुपमा भन्सार छली ल्याएको सुन प्रकरणबारे अहिले पनि अनुसन्धान चलिरहेको जनाउँदै सीआईबीले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सर्वसाधारणसँग पनि सूचना मागेको हो ।

सुनबारे कुनै सूचना भए ब्यूरोको इमेल ठेगाना [email protected] मा पठाउन वा ब्यूरोका सूचना अधिकारीलाई ९८५१२९१३११ मा सम्पर्क गर्न भनेको छ ।

सुन तस्करीबारे आफूहरुसँग सूचना रहेको र आवश्यक परे दिने भन्दै सांसद् रवि लामिछाने लगायतले सार्वजनिक रुपमा बताइरहेका बेला सीआईबीले कुनै सूचना भए सम्प्रेषण गरिदिन अनुरोध गरेको हो ।

यसअगाडि विभिन्न मितिमा भएका सुन तस्करी प्रकरणको पनि सुक्ष्म रुपमा अनुसन्धान भइरहेको सीआईबीले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077