Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

युक्रेनमा कडा सुरक्षाबीच मनाइयो स्वतन्त्रता दिवस, राष्ट्रपति जेलेन्स्कीले गरे सम्बोधन

एजेन्सी । युक्रेनले बिहीबार आफ्नो स्वतन्त्रता दिवसको ३२ औँ वार्षिकोत्सव मनाएको छ ।

युक्रेनको राजधानी किभस्थित सेन्ट सोफिया स्क्वायरमा आयोजित स्वतन्त्रता दिवस समारोहलाई युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्बोधन गरेका हुन् ।

युक्रेन आफ्नो स्वतन्त्रता कायम राख्न सक्षम रहेको विश्वास व्यक्त गरे ।

‘हामी युक्रेनको स्वतन्त्रतामाथिको पकड गुमाउने छैनौं । हामी सबै यो भावनाबाट एकताबद्ध छौं,’ जेलेन्स्कीले भने ।

औपचारिक समारोहमा जेलेन्स्कीले रुस–युक्रेन द्वन्द्वमा भाग लिएका युक्रेनी सैनिकलाई राजकीय पुरस्कार प्रदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077