Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

लागुपदार्थ सेवन गरी सवारी चलाउने तीनजना चालक ट्राफिकको फन्दामा

काठमाडौं । लागुपदार्थ सेवन गरी सवारी चलाउने तीनजना पक्राउ परेका छन् ।

शुक्रबार भक्तपुरको जगातीमा गरिएको चेकिङका क्रममा लागुपदार्थ सेवनगरी सवारी साधन चलाउँदै गरेका तीनजना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी वृत्त जगातीको संयुक्त टोलिले शुक्रबार १४ ओटा सवारी साधनका चालकलाई चेक गरेको थियो ।

जसमा सर्लाहीको लालबन्दी १६ परवानीपुरका २८ वर्षीय जनक, धनुषाको जनकपुर ७ का ३८ वर्षीय प्रभाष कुमार झा र दोलखा भिमेश्‍वर नगरपालिका ६ का ४२ वर्षीय सन्तोष भण्डारीलाई नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिएका तिनै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त जगातीमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077