Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

टी-२० अन्तर्राष्ट्रिय शृंखला : फाइनलमा आज नेपाल र हङकङ भिड्दै

काठमाडौं । मलेसियामा जारी चार देश सहभागी महिला टी–२० आई सिरिजको फाइनलमा शनिबार नेपाल र हङकङबीच खेल हुँदैछ ।

फाइनल खेल मलेसियाको बायोमास ओभलमा बिहान पौने १२ बजे शुरु हुनेछ । यो शृङ्खलामा नेपालसहित घरेलु टोली मलेसिया, हङकङ र कुवेत सहभागी छन् ।

नेपाल हिजो घरेलु टोली मलेसियासँग पराजित भए पनि नेटरनरेटको कारण शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो । समूहको अन्तिम खेलमा नेपाल मलेसियासँग ६ विकेटले पराजित भएको थियो ।

नेपालले कुवेत र हङकङलाई हराएको थियो । तेस्रो स्थानका लागि आज नै मलेसिया र कुवेतबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077