Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रहरीको घेराबन्दीले सुनसान बन्यो धरान, नाकाहरूमा कडाइ

धरान । जिल्ला प्रशासन कार्यालय सुनसरीले निशेषाज्ञा जारी गरेपछि धरानलाई प्रहरीले चौतर्फी घेराबन्दी गरेर शान्तिसुरक्षा प्रदान गरेको छ।

बिहानेदेखि सडकमा सार्वजनिक सवारी साधन चलेका छैनन् भने मानिसहरूको चहलपहल पनि न्यून छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले शनिवार रातिदेखि नै धरान उपमहानगरपालिकामा निषेधाज्ञा जारी गरेको थियो ।

विभिन्न हिन्दू संगठनहरूले आज धरानमा धार्मिक र्‍याली आयोजना गरेका थिए । उनीहरूले र्‍याली गरिरहेको समयमा अर्को पक्षले पनि कुनै गतिविधि गरे सामाजिक सद्भाव खल्बलिन सक्ने जोखिमलाई मध्येनजर गर्दै प्रशासनले निधेधाज्ञा जारी गरेको हो ।

नाकाहरूमा कडाइका साथ जाँच भइरहेको प्रहरीले जनाएको छ । नाकाहरूमाठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । अहिलेसम्म धरान सुनसान रहेको सुनसरी प्रहरीले जनाएको छ ।

आदिबासी जनजाती महासंघ धरान नगर समितिले मंगलबारेमा गाइगोरु काटेर भोज गरेको भिडियो सामाजिक सञ्जालमा हालेका थिए। त्यसको विरुद्धमा नेपालका प्रथम जगत गुरु बालशन्त र हिन्दुधर्म मान्ने गुरुहरुको अगुवाइमा आज धरानमा बृहत प्रदर्शन आयोजना गरिएको थियो।

हिन्दुहरुले धरानमा प्रदर्शन गरेपछि पहिचान पक्षधरले प्रतिकार गर्ने धम्की दिएका दिए। त्यसपछि धरानमा सद्भाव भड्कन नदिन प्रहरीले हस्तक्षेप गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077