Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

धरानमा निषेधाज्ञा जारी भएपछि हिन्दुवादीहरूले इटहरीमै निकाले धार्मिक र्‍याली

इटहरी । गौहत्याको विरोधमा हिन्दुवादीहरूले इटहरीमा धार्मिक र्‍याली निकालेका छन् ।

धरान जान नपाएपछि उनीहरूले इटहरीमा र्‍याली निकालेका हुन् । जिल्ला प्रशासन कार्यालय सुनसरीले धरानमा गए राति १२ बजेदेखि २४ घण्टे निषेधाज्ञा जारी गरेको छ ।

बाक्लोरूपमा प्रहरी परिचालन गरिएको प्रशासनले जनाएको छ । उनीहरूले गणतन्त्र तथा वर्तमान सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् भने हिन्दु राष्ट्र बनाउनुपर्ने माग गरिरहेका छन् ।

स्थितिलाई नियन्त्रणमा राख्नका लागि प्रहरीले बाटोमा नै चेकजाँचलाई कडाइ गरेको छ । स्थानीय प्रशासनले धरानका विभिन्न स्थानमा निषेधाज्ञा नै जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077