Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

महिला टी–२० सिरिजको उपाधि नेपाललाई

काठमाडौं । महिला टी–२० सिरिजको फाइनलमा नेपालले हङकङलाई १३ रनले पराजित गरेको छ ।

नेपाल र हङकङबीचको खेलमा वर्षा बाधक भएपछि खेलको डकवर्थ लुइस पद्दतिअनुसार विजेता घोषणा गरिएको हो । हङकङले नेपालसामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको थियो।

जवाफी ब्याटिङका क्रममा नेपालले ५ दशमलव ३ ओभरमा ३७ रन बनाएर एक विकेट गुमाएको थियो। तर खेलका क्रममा अकस्मात पानी परेपछि खेल अवरुद्ध भएको थियो। पानी नरोकिएपछि खेल डीएलस मेथडमा गएको थियो।

जहाँ नेपालले १३ रनले जित निकालेको हो। मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा नेपालले टस जितेपछि पहिला बलिङ गर्ने निर्णय गरेको थियो।

नेपालकी इन्दु बर्मा र सीता रानामगर नरआउट क्रिजमा थिइन्। इन्दु १९ बलमा २ चौकासहित १९ रन सीता १३ बलमा १ चौकासहित १३ रन बनाएर खेलिरहेकी थिइन्।

आयोजक मलेसियासहित नेपाल, हङकङ र कुवेत महिला टी–ट्वान्टी सिरिजमा सहभागी भएका थिए । यही अगष्ट ३१ तारिखदेखि मलेसियामै हुने आइसिसी महिला टी–२० विश्वकप एसिया क्वालिफायरको तयारीस्वरुप नेपालले उक्त सिरिज खेलेको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077