Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

स्थायित्वका लागि एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक छ : शेरबहादुर तामाङ

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्वमन्त्री शेरबहादुर तामाङले मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने एमाले र कांग्रेस मिलेर सरकार बनाउन आवश्यक रहेको बताएका छन् ।

राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै तामाङले सो कुरा बताएका हुन् । उनले देशमा धेरै राजनीतिक दलका कारण अस्थिरता निम्तिरहेको बताए ।

उनले भने, ‘मुलुकमा राजनीतिक स्थायित्व खोज्ने हो भने म प्रस्ताव गर्न चाहन्छु, यद्यपि नेकपा (एमाले) अहिले सरकार गठनको पक्षमा छैन । दुई राजनीतिक पार्टी मिल्न सक्यौँ भने करिब–करिब दुई तिहाइको स्थिति आउँछ । देशमा धेरै राजनीतिक दल हुनु यही अस्थिरता निम्त्याउनु रहेछ ।’

अहिलेको सरकारको आयु कांग्रेस ब्युँझिएको दिनसम्म मात्रै बाँकी रहने उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077