Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

एकीकृत समाजवादी विस्तार हुँदै गएपछि एमाले आतंकित बन्यो : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विस्तार हुँदै गएकामा नेकपा (एमाले) आतंकित बनेको बताएका छन् ।

पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।

एमालेप्रति इंगित गर्दै उनले राष्ट्रिय गठबन्धन, समाजवादी मोर्चालगायत स्थानमा आफ्नो पार्टीको उपस्थिति अनिवार्य बनेकाले कतिपयको निद हराम भएको बताए ।

आफूहरू विध्वंसक नभएको भन्दै उनले आतंकित नहुन आग्रह गरे । यस्तै एकीकृत समाजवादीले राजनीतिमा आफ्नो औचित्यलाई पुष्टि गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077